मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन ९ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, ९ साउन– सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका ६ दशबिघा बस्ने ५० वर्षीया दुखनावती देवी सिंह दनुवार रहेको प्रहरीले जानकारी दिएको छ ।

दनुवारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल बयलबासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us