काठमाण्डु, ९ साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक साउन १० गतेका लागि बोलाएको छ ।
केन्द्रीय कमिटीको बैठक पार्टी मुख्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिएका छन ।
केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने नेता पाण्डेले जानकारी दिएका छन । पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त रहेको छ ।