सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः थप ३ जनाको जीवितै उद्धार

काठमाण्डु टुडे २०८१ साउन ९ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरको जहाज दुर्घटनास्थलबाट थप तीन जनाको जिवितै उद्धार गरीएको छ ।

काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले थप दुई जनालाई जीवितै उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएका ४ मध्‍ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र ३ जनालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । जिवितै उद्धार गरिएका व्यक्तिको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिएका छन ।

त्यसैगरी १५ जनाको शव निकालिएको पनि उनले जानकारी दिएका छन । सौर्य एअरको जहाज धावनमार्गबाट उड्ने क्रममा बिहान सवा ११ बजे दुर्घटनामा परेको थियो । पोखराका लागि उड्ने क्रममा बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटनामा परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us