सौर्य एयरलाइन्सको जहाज दुर्घटना: १८ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन ९ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, ९ साउन– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको जानकारी दिएका छन ।

२२ जनामध्ये १८ जना विमानमा सवार रहेको र बाँकी ४ जना बाहिरको मानिस हुनसक्ने उनले जानकारी दिएका छन । काठमाण्डुबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो ।

जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको जानकारी दिए ।

(यसअघिको समाचारमा २२ मृत्यु भएको भनेर उल्लेख गरीएकोमा क्षमायाचनासहित सच्याइएको छ-सम्पादक)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us