काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उड्ने बित्तिकै भएको सौर्य एयरलाइन्स दुर्घटनाको कारण उडान र अवतरण प्रभावित बनेको छ ।
सोही अनुसार ढाकाबाट काठमाण्डु आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ ।
यस्तै थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड भएको हो ।
सो विमान बैंककबाट काठमाण्डु आउँदै गरेको अवस्थामा बिचमै होल्ड हुन पुगेको हो । यस्तै मलेसियाबाट काठमाण्डु आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।