रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाण्डु टुडे २०८१ साउन ९ गते ११:४८ मा प्रकाशित

काठमाण्डु, ९ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक साउन १० गते विहीबार बिहान ११ बजे बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us