एमाले लुम्बिनी संसदीय दलको नेताबाट लीला गिरीले दिए राजीनामा

काठमाण्डु टुडे २०८१ साउन ९ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, ९ साउन– एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा बझाएका छन । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका थिए ।

आफूले राजीनामा दिएको पत्र गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको गिरी निकट एक नेताले जानकारी दिए । आफूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाइसकेको गिरीले आफैले पनि प्रस्ट पारे ।

‘मैले राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको छैन, अरु केही भन्नुभएको पनि छैन’, उनले भने । मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए ।

मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नभएकाले राजीनामा दिएको उनी निकट एक प्रदेश सांसदले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us