पूर्वमुख्यमन्त्रीले शौचालयमा थुन्ने धम्की दिएको भन्दै सचिवद्वारा उजुरी

काठमाण्डु टुडे २०८१ साउन ८ गते १९:२६ मा प्रकाशित

काठमाण्डु, ७ साउन– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीविरुद्ध प्रदेश सरकारका एक सचिवले मंगलबार स्थानीय प्रशासनमा उजुरी दिएका छन् ।
आफूलाई शौचालयमा थुन्ने धम्की दिएको भन्दै प्रदेशको

सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् । यस्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।

आफ्नो सुरक्षा माग गर्दै उजुरीमा उनले कार्मीमाथि कानूनी कारबाहीको माग गरेका छन् । उजुरीमा भट्टराईले कार्कीले सोमबार साँझ ४ बजेर ५३ मिनेटमा टेलिफोन गरी कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएका हुन् ।

भट्टराईले विराट गोल्डकपका लागि कार्की मुख्यमन्त्री हुँदा घोषणा गरेको २५ लाख सहयोग रकम रोकेको भन्दै कार्कीले आफूलाई धम्की दिएको उनको भनाइ छ ।

प्रदेशको अर्थ मन्त्रालयले पुरानो फाइलको भुक्तानी दिन अस्वीकार गरेपछि आफूले रकम निकाशा गर्न नसकेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us