चितवन, ८ साउन– चितवनको भरतपुर महानगरपालिका–२६ भगडीमा एक सिंगे गौंड मृत फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मकै बारीमा पोथी गैंडा मृत भेटिएको बताए ।
गैंडा उमेरले बुढो भएर मरेको हुन सक्ने उनको भनाइ छ ।
गैंडा मृत फेला परेको सूचना पाएपछि निकुञ्जको टोली उक्त स्थानमा पुगेको छ । तिवारीका अनुसार गैंडाको खागसहित खुर सुरक्षित रहेको जानकारी दिए । मृत्युको कारणबारे पोष्टमार्टमपछि मात्र थाहा हुने बताइएको छ ।
गत वर्ष चितवनमा २१ गैंडा मरेका थिए । जसमध्ये दुई गैंडा शिकारीले मारेका थिए ।