चिनियाँ राजदूतले भेटे गृहमन्त्री

काठमाण्डु टुडे २०८१ साउन ७ गते २०:५२ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेपालका लागि चिनियाँ राजदूत चेन सङले गृहमन्त्री रमेश लेखकसँग भेटेका छन् ।
मनत्री लेखक भेट्न राजदूत सङ सोमबार दिउँसो मन्त्रालय गएका थिए ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

नेपालको पूर्वधार विकास लगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको भन्दै गृहमन्त्रीले सहयोगका लागि धन्यवाद दिए ।

मन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

भेटवार्तामा राजदूत सङले नेपाल–चीन मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us