कर्णालीका मुख्यमन्त्री अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन

काठमाण्डु टुडे २०८१ साउन ७ गते २०:४४ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीका तर्फबाट सरकारमा सहभागी ४ मन्त्रीलाई राजीनामा दिन लगाएर माओवादीले समर्थन फिर्ता लिएको हो ।

माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री यमलाल कँडेललाई दिएको समर्थन फिर्ता दिएकोबारे जानकारी गराएका छन् ।

कँडेल माओवादी समर्थनमा गत २७ चैतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै कँडेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

संघमा भएको सहमतिअनुसार अब उमाले नेतृत्वको सरकारमा काँग्रेस सहभागी हुनेछ । मुख्यमन्त्रीमा भने कँडेलले नै निरन्तरता पाउने सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us