काठमाण्डु, ७ साउन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन ।
आज (सोमबार) काठमाण्डुमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन ।
तीन तहको सरकार अधिकार सम्पन्न भएर काम गरेको भए संशोधनको अवस्था नआउने भन्दै समयको माग अनुसार संशोधन गर्न सकिने पनि बताएका छन ।
उनले भने, ‘यो संविधानको विशेषता के हो भन्दा एउटा प्रक्रिया पूरा गरेर संविधानमा उल्लेख भएका दफाहरू त्यसलाई परिवर्तन गर्नको लागि विधि प्रक्रिया पूरा गरेर जनताको माग अनुसार संशोधन गर्न सकिने प्रावधान भएको कारणले गर्दा समयको आवश्यकता अनुसार संविधान संशोधन हुन सक्छ, यो तीन तहको सरकार अधिकार सम्पन्न भएर काम गरेको भए यो अवस्था पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ ।’
यस्तै, उनले परिस्थिति सुधार र जनतालाई राहत दिन उद्देश्यले कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको भन्दै अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरू सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने बताएका छन ।