लुम्बिनीका मुख्यमन्त्री बन्दै चेतनारायण आचार्य

काठमाण्डु टुडे २०८१ साउन ७ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, ७ साउन– एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमाले संसदिय दलका उप–नेता चेतनारायण आचार्यलाई बनाउने भएको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिएका छन ।

‘पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको छ,’ उनले भने, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ ।’ आचार्यले दलको नेता लीला गिरी भए पनि मुख्यमन्त्रीमा आफूले दाबी पेश गर्न लागेको बताए ।

कांग्रेस नेता डिल्ली चौधरी आएपछि प्रदेश प्रमुखकहाँ जाने उनले जानकारी दिएका छन । संसदीय दलका नेता लीला गिरी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् ।

पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मुख्यमन्त्री बन्नुका पछाडि केन्द्रको चासो र निर्देशनले काम गरेको निकटस्थ नेताहरुले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us