बागमतीमा २ दिन समय दिएर नयाँ सरकार गठन आह्वान

काठमाण्डु टुडे २०८१ साउन ६ गते १८:२० मा प्रकाशित

काठमाण्डु, ६ साउन– बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन ।

उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका छन ।

आज आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us