ओलीमाथि माधवको कटाक्ष: आफू स्वर्गतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्‍यायो

काठमाण्डु टुडे २०८१ साउन ६ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, ६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघाती राजनीति गरेको भन्दै कटाक्ष गरेका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै अध्यक्षनेपालले कटाक्ष गरेका हुन् ।

आज आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

उनले भने, ‘पाँच वर्ष सँगै जाने, स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो । तर आफू स्वगतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्‍यायो ।’

उनले त्यसो भन्दा संसदमा हाँसोको फोहोरा छुटेको थियो । ओलीले यसरी बचन दिएपनि कूटनीतिक र राजनीतिक हिसाबले समेत उचित नहुने गरी समीकरण तोडिएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us