काठमाण्डु, ६ साउन– राजेन्द्र लिङ्देनले नेतृत्वको राप्रपाकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अहिले विश्वासको मत दिन आवश्यक नरहेको बताएका छन् ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत दिनका लागि दलहरू सच्चिन जरुरी रहेपनि अहिले त्यसको कुनै सम्भावना नरहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो बताएका हुन ।
आइतबार प्रतिनिधि सभामा विश्वासको मतमाथिको छलफलका क्रममा बोल्दै लिङ्देनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन । यो विगतको निरन्तरता मात्रै हो ।’ उनले विकृतको अन्त्य हुने कुनै सम्भावना नरहेको भन्दै विगतमा राजाको मुख्यसचिवलाई कसले अख्तियारको प्रमुख बनायो भन्दै प्रश्न समेत गरे ।
‘राजाको विरोध गर्ने, अहिले पनि समस्या पर्यो भने राजाको विरोध गर्ने तर राजाको मुख्यसचिव ल्याएर अख्तियार प्रमुख कसले बनाएको रु फाइल खोल्न थालेपनि महाभियोग फेरि तपाईँहरूले नै लगाएको होइन ?’ तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नाम नलिई उनले भने ।
उनले दलका नेताहरूलाई जनताले नपत्याउने अवस्था रहेको भन्दै विगतमा आफूले कांग्रेसको महाधिवेशनमा भनेको ‘चोर नेता’को अभिव्यक्ति स्मरण गरे । अहिले पनि जनताको सोचाइ त्यो बेलाको भन्दा फरक नरहेको उनले बताएका छन ।