काठमाण्डु, ६ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारले नै सरकारप्रति जनताको विश्वास र भरोसाा देखाएको बताएका छन ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा संसदमा विश्वासका मत माग्दै सम्बोधन क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले भने, ‘हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण सेयर बजार हो । अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुन्छ ।’
उनले आफ्नो नेतृतवको सरकार बनेपछि अर्थतन्त्रको ऐनमा मानिने सेयर बजार हरियो भएको बताएका छन । उनले भने, ‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार दुई सातामा ४०० अंकभन्दा धेरैले बढेको छ । नेप्से २७ महिनायताकै उच्च भएको छ ।’