ओलीले सुनाए सरकारका ५ प्राथमिकता, यस्ता छन सरकारका मुख्य पाँच प्राथमिकता

काठमाण्डु टुडे २०८१ साउन ६ गते १४:५३ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गर्ने पाँच प्राथमिकता प्रस्तुत गरेका छन् ।

आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारको पाँच प्राथमिकता प्रस्तुत गरेका हुन् ।

यस्ता छन ओली सरकारका मुख्य पाँच प्राथमिकता

 १.थालेको काम सक्ने

प्रधानमन्त्री ओलीले सरकारको पहिलो प्राथमिकतामा थालेको काम सक्ने बताउका छन । वर्षौंदेखि अलपत्र रहेको अथवा पूरा हुन नसकिरहेका परियोजना सम्पन्न गर्नु आफू नेतृत्वको सरकारको प्राथमिकता रहेको पनि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले थालेको परियोजना सम्पन्न गर्न चार वटा काम गर्ने बताएका छन् । ती चार काममा क्षमता अभिवृद्धि, मूल्यांकन, नीतिगत सुधार र रोकिएको भुक्तानी रहेको प्रधानमन्त्री ओलीले बताएका छन ।

 २.अन्तर्राष्ट्रिय व्यापार सुरु

प्रधानमन्त्री ओलीले अहिले मुलुकले व्यापार घाटा बेहोर्ने नभएर आयात मात्र गर्ने अवस्था रहेको सुनाएका छन् । अर्थात् व्यापार नै नभएकाले व्यापार घाटा भन्न नसकिने निष्कर्ष सुनाएका प्रधानमन्त्री ओलीले अब उत्पादनमा जोड दिने बताएका छन ।उत्पादनका विभिन्न क्षेत्रको पहिचान, लगानीको व्यवस्था लगायत कामलाई प्राथमिकता दिइने उनले बताए । त्यसका लागि ६ वटा मन्त्रालयबीच समन्वय हुनेछ ।

 ३.गरिबी, अभाव र भोकमरीको अन्त्य

सरकारको तेस्रो प्राथमिकतामा गरिबी, अभाव र भोकमरीको अन्त्य गरिने प्रधानमन्त्रीले बताए । अहिले पनि ६० लाख मानिस गरिबीको रेखामुनि रहेकाले सरकारको प्राथामिकतामा यसलाई तेस्रो नम्बरमा राखिएको प्रधानमन्त्रीले बताए । सडकमा रहेका बालबालिकालाई आश्रय दिएर सरकारले त्यो अभियान थालिसकेको प्रधानमन्त्रीले ओलीले बताएका छन ।

 ४.बजेट संशोधन

सरकारको चौथो प्राथामिकतामा चालु आर्थिक वर्षको बजेट आवश्यक संशोधन रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । सरकार अभिछिन्न उत्तराधिकारीवाला संस्था भए पनि आवश्यक कार्यक्रम, नीति र बजेट नै संशोधनलाई प्राथमिकतामा राखिएको प्रधानमन्त्रीले बताए ।

 ५.भ्रष्टाचार अन्त्य र सुशासन

प्राथमिकताको अन्तिम नम्बरमा सुनाए पनि प्रधानमन्त्री ओलीले सुशासनलाई जोडका साथ अगाडि बढाउने बताए । भ्रष्टाचार एकदिन कानुनको कठघरामा आउँछ भन्ने सन्देश जानेगरी काम गर्ने बताए । सुशासन कायम हुने प्रतिबद्धता जनाइरहँदा प्रधानमन्त्री ओलीले सहकारी पीडित जोसुकै भए पनि कारबाही हुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us