संवैधानिक परिषद्लाई हेरेर उपसभामुखको चरित्र हत्या गरिएको हो भने सशक्त प्रतिवाद गर्छौँ: सांसद सापकोटा

काठमाण्डु टुडे २०८१ साउन ६ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेकपा (माओवादी केन्द्र) सांसद माधव सापकोटाले संवैधानिक परिषद्को गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको हो भने प्रतिपक्ष दलले सशक्त प्रतिवाद गर्ने बताएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन । उनले राजनीतिक र नैतिक प्रश्न भए पनि चरित्र हत्या गर्ने काम नगर्न चेतावनी दिएका छन् । उनले भने– ‘उपसभामुखको एक वर्ष अगाडिको कुरा, राजनीतिक र नैतिक प्रश्न हो यो । यसलाई स्वीकार गर्नुपर्छ ।

संवैधानिक परिषदमा तपाईंहरु अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ यसलाई हाई लाइट गरिएको छ, साँच्चै यदि त्यो कुरा हो भने मान्छेको आफ्नो अधिकारका प्रति, मान्छेको चरित्र हत्या गर्नेका प्रति यो संसद्ले पनि न्याय गर्नुपर्दछ ।

राजनीतिक र नैतिक प्रश्नमाथि छलफल गर्न सकिन्छ । संवैधानिक परिषद्मा तपाईंहरुलाई रातारात के निर्णय गर्नुपरेको छ, त्यो उद्देश्यद्वारा प्रेरित गरिएको हो भने हामी प्रतिपक्षले यसलाई सशक्त ढङ्गले प्रतिवाद गर्छौं ।

यो कुरा सबैलाई हेक्का होस् ।’ यस्तै सत्तापक्षका वरिष्ठ नेताले भारतमा गएर अर्को चुनावमा माओवादीलाई नबोक्ने बताएको उल्लेख भ्रष्ट्राचारले डुङ्डुङुती गन्हाएकाहरूले बोक्न आवश्यक नभएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us