त्रिशूलीमा हराएका २४ जनाको शव भेटियो

काठमाण्डु टुडे २०८१ साउन ४ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, ४ साउन– त्रिशूलीमा खसेर बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २४ जनाको शव फेला परेको छ । तीमध्ये दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना पुरुषको शव नेपाल तर्फ ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन ।

गत २८ असारमा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाण्डुबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाण्डुतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो ।

सशस्त्र प्रहरीका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । ७ जना पुरुष र दुई जना महिलाको शव सनाखत गर्ने प्रयास भइरहेको डीएसपी थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us