ओली नेतृत्वको सरकारलाई एमालेले बुझायो सुझावपत्र

काठमाण्डु टुडे २०८१ साउन ४ गते १६:५३ मा प्रकाशित

काठमाण्डु, ४ साउन–एमालेले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझावपत्र बुझाएको छ । पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझावपत्र बुझाएका हुन् ।

पार्टीको सुझावपत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् । आफू पार्टी अध्यक्ष भएपनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिएका छन ।

सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमालेले बुझाएको सुझावपत्र कार्यान्वयनमा जाने पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘एमालेले हामीलाई भन्न पनि पाउँछ ।

पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईँहरुले गर्नु भएन भन्न पाउँछ ।’ प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ८ अटोट आगामी १९ वर्षभित्र पुरा गर्नेगरी सरकार अगाडि बढेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us