वर्तमान सरकारलाई असफल हुने छुट छैनः भौतिक पूर्वाधारमन्त्री दाहाल

काठमाण्डु टुडे २०८१ साउन ३ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, ३ साउन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको जानकारी दिएका छन ।

आज बिहिबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन । मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताए ।

त्यसपछिको बाँकी कार्यकाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले जानकारी दिएका छन । उनले कांग्रेस र एमालेका बीचमा भएको सहमती नलुकाइएको पनि बताएका छन ।

दाहालले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरु मिलेर सरकार बनाएको दाबी गरेका छन । मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको समेत दाबी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us