देशको अवस्था प्रशंसा गर्न लायक छैन: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन ३ गते १६:११ मा प्रकाशित

काठमाण्डु, ३ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका बताएका छन । आज बिहीबार काठमाण्डुमा आयोजित ६२ औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोषजनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको दाबी गरेका छन । उनले भने, ‘देशको अवस्था राम्रो छैन ।

प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन ।

हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ ।’प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठरालाई सहजिलोमा परिणत गर्ने पनि बताएका छन ।

उनले भने,‘सरकार अप्ठ्यारा खोज्ने होईन् अप्ठरालाई सहजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ । त्यसैले तपाईहरु यसमा ढुक्क हुनुभए हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us