मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाण्डु टुडे २०८१ साउन ३ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, ३ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज बिहीबार अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन ।

बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्न सक्ने स्रोतले जानकारी दिएको छ । यसअघि सोमबार ओलीले शपथ लिएकै दिन मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

उक्त बैठकले बाढी–पहिरोबाट मृतकका परिवारलाई राहत दिने, कामु मुख्यसचिव तोक्ने, जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम दिनेसहितका १० निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us