साउन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय

काठमाण्डु टुडे २०८१ साउन ३ गते १३:५६ मा प्रकाशित

काठमाण्डु, ३ साउन– आज (बिहिबार) सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीच बसेको बैठकले आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।

सभामुख र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने समझदारी जुटेको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।

साउन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् । सो दिनसहित लगातार साउन ७ र ८ गते पनि बैठक बस्नेछ । त्यसपछि भने ९, १० र ११ गते संसदीय समितिको बैठक बस्नका लागि समय प्रधान गरिने जानकारी दिँदै बर्तौलाले १३, १४ र १५ गते फेरि संसद् बैठक बस्नेगरी बिहीबारको बैठकमा समझदारी जुटाइएको उनले जानकारी दिएका छन ।

यस्तै ६ वटा वैठकमा कुन विधेयकहरु कुन दिन पेश गर्ने भनेर प्राथमिकता पनि तय गरिएको जानकारी दिँदै शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णयलाई अनुमोदन गरेर अघि बढिने जानकारी दिए ।

यस्तै समितिका २ सभापति मन्त्री भइसके पनि रिक्त रहेका पदमा चाँडो पूर्णता दिन सम्बन्धित दललाई आग्रह गर्नेबारे पनि बैठकमा छलफल भएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us