मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन ३ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, ३ साउन– सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगरा गाउँपालिका–१ बस्ने ५० वर्षीया दुखनी देवी दास रहेको प्रहरीले जानकारी दिएको छ ।

हरिनगरा गाउँपालिका–२ स्थित सडकमा भुटाहाबाट हरिनगरातर्फ जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलको देवी दासको बुधबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us