बालुवाटरलाई पार्टीको मुख्यालय बनाउने ओलीको प्रयास !

काठमाण्डु टुडे २०८१ साउन ३ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, ३ साउन– एमाले अध्यक्ष केपी शर्मा ओली अधिल्लो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको सरकरी निवास बालुवाटरबाट नै पार्टी र देश चलाउने गर्थे । एमाले अध्यक्ष ओली सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा बिरलै जाने प्रधानान्त्री हरुको सुचिमा पर्छन् ।

ओलीले यस अधि प्रधानमन्त्री हुँदा क्याविनेट बैठक देखि पार्टीका महत्वपूर्ण बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गर्ने गर्दथे । ओलीको यो कार्यको पटक पटक आलोचना हुने गरेको छ । अधिल्लो कार्यकालमा ओलीले पार्टीको मुख्यालयमा गर्नुपर्ने त्यस्ता महत्वपूर्ण कार्यक्रमहरु पनि वालुवाटाबाट गर्थे ।

यहि कारणले ओलीको पटक पटक आलोचना हुने गरेको छ । अधिल्लो पटकको कार्यकालमा अध्यक्ष ओलीले बालुवाटरको प्रधानमन्त्रीको निवास सरकारको नभएर एमाले पार्टीको जस्तो बनाएका थिए । पछिल्लो पटक पनि ओली प्रधानमन्त्री भएपछि यहि कार्यलाई निरन्तरता दिएका छन । ओली गत २८ असारमा प्रधानमन्त्रीमा नियुक्त भए ।

प्रधानमन्त्रीमा नियुक्त भएको भोलीपल्टै अध्यक्ष ओलीले बालुवाटारमा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको कार्यक्रम प्रधानमन्त्री निवासमै गराए । सरकारद्धारा सम्बन्धित पार्टीको कार्यक्रम आपतकालीन अवस्थामा सरकारी निवासमा गर्नूलाई अन्यथा मानिलदैन । निवर्तमान प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड भने यस कुरामा संवेदनशील देखिन्थे । प्रचण्डले आपतकालीन अवस्थामा बाहेक पार्टीको कार्यक्रम बालुवाटरमा गरेन्न ।

र पार्टीका बैठक हरु समेत बिदाको समयमा या कार्यलय समय बाहेक पारेर पार्टी कार्यलयमै आयोजना गर्ने गरेका थिए । तर वर्तमान प्रधानमन्त्री ओलीमा भने यो संवेदनशीलता देखिदैन । सरकारी खर्चमा चल्लने प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरमा एमालेको जिल्ला कमिटी तहको कार्यक्रम सञ्चालन गर्न थालियो भने त्यो पार्टीकै कब्जामा रहेको निवास भनेर बुझिन्छ ।

मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको सिन्धुपाल्चोक जिल्ला कमिटीको कार्यक्रमले ओलीको संवेदनशीलता माथि नै प्रश्न उठाएको छ । गत शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएपछि प्रचण्ड पदमुक्त भएपछि ओली गत २८ असारमा सविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us