काठमाण्डु, ३ साउन–पूर्वी नवलपरासीको कावासोती नगरपालिका–५ ठकुरी चोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन । बुधवार बिहान १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
अनुसार घरमा पालेको कुकुरलाई कुटेर मारेको निहुँमा बाबु छोराको झगडा भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बेद पौडेलले जानकारी दिएका छन ।
कुकुरलाई कुटेको निहुँमा झगडा हुँदा निराजनले ढुंगाले टाउकोमा हानेको र बुवाको घटनास्थलमै मृत्यु भएको डीएसपी पौडेलले जानकारी दिए । निराजनलाई पक्राउ गरी अनुसन्धान थालेको उनले जानकारी दिए ।