काठमाण्डु, ३१ साउन–एकीकृत माओवादी नेता अग्नि सापकोटाले सरकारको काम गराइको गति सुस्त रहेको भन्दै यस्तै अवस्था रहे आफूहरुले
राष्ट्रिय गठनको पहल थाल्ने बताएका छन् ।
शनिबार राजधानीमा भएको कार्यक्रममा सापकोटाले मुलुकमा सरकारको उपस्थिति नरहेको भन्दै विकल्प खोज्न जरुरी रहेको बताए ।
‘मुलुकमा सरकार नभएजस्तो अवस्थामा छ’, सापकोटाले भने, ‘यस्तै अवस्था रहे हामी यो सरकारको विकल्पमा राष्ट्रिय सरकार गठनको पहल थाल्छौ ।’ उनले सरकार अरु नै धन्धामा लागेको हो कि भन्ने आशंका जन्मिको बताए ।
२६ सभासदको मनोनयन तथा संवैधानिक निकायमा रिक्त पदाधिकारी र राजदूत नियुक्ति गर्न नसकेको भन्दै उनले सरकार सुस्त भएको आरोप लगाए ।
उनले बाढी पहिरोले देशभर जनधनको ठूलो क्षति हुँदासमेत सरकारको सक्रियता नदेखिएको भन्दै सरकार कहाँ छ ? भन्ने प्रश्न गरे ।
अर्को फरक प्रसंगमा सापकोटाले आफूहरु आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्न इमान्दारीपूवर्क लागिपरेको बताए ।