प्रधानमन्त्री ओली र अमेरिका राजदूतबिच भेटवार्ता

काठमाण्डु टुडे २०८१ साउन २ गते १०:३४ मा प्रकाशित

काठमाण्डु, २ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसबिच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत थोमसन प्रधानमन्त्री निवास बालुवाटरनै पुगेका थिए ।

भेटबारे जानकारी दिँदै राजदूत थोमसनले नवनियुक्त प्रधानमन्त्री ओलीसँग सुमधुर छलफल भएको जानकारी दिएका छन । ‘हामीले दुई देशबिचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा गर्‍यौँ ।

अमेरिका उहाँको सरकारसँग मिलेर काम गर्न र नेपाल र अमेरिकाबिचको सहकार्य सशक्त बनाउँदै लैजान चाहन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us