मुगु केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ साउन २ गते ८:५३ मा प्रकाशित

काठमाण्डु, २ साउन– मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्मा आसपास केन्द्रबिन्दु भएर बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको हो ।
पछिल्लोपटक गत असार २६ मा ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालमा निरन्तर साना भूकम्प गइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us