मलाई भेट्न नआउनु, म्यासेन्जरबाट बधाई दिनुः ओली

काठमाण्डु टुडे २०८१ साउन २ गते ८:५० मा प्रकाशित

काठमाण्डु, २ साउन–प्रधानमन्त्री केपी ओलीले आफूलाई भेटेर नभई डिजिटल माध्यमबाट शुभकामना र बधाई दिन आग्रह गरेका छन् ।

ओलीले सामाजिक सञ्जालमार्फत शुभेच्छुकहरुलाई समयको बचत हुने भएकाले भेटेर नभई डिजिटल माध्यममार्फत बधाई दिन आग्रह गरेका हुन् ।
यस्तै भेटेदा पनि खादामाला प्रयोग नगर्न उनले आग्रह गरे ।

‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ’, ओलीले भनेका छन्, ‘शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत प्राप्त गर्न नसकी पदमुक्त भएपछि आइतबार काँग्रेस र केही मधेसवादी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us