ओलीबाट लोकतन्त्रमाथि खतरा छः माधव नेपाल

काठमाण्डु टुडे २०८१ साउन १ गते २०:५९ मा प्रकाशित

काठमाण्डु, १ साउन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीबाट मुलुकको लोकतन्त्रमा खतरा रहेको बताएका छन् ।

समाजवादी मोर्चाको मंगलबार बसेको बैठकमा उनले काँग्रेस–एमाले मिल्नुलाई गठबन्धन र सरकार मात्र नभई यसका पछाडि धेरै खेल हुन सक्ने उल्लेख गरे । ‘कांग्रेस–एमालेले लोकतन्त्र र सुशासनमाथि समेत चुनौती दिन सक्छन्’, उनले भने, ‘ओली प्रधानमन्त्री हुनुका पछाडि धेरै खेलहरु हुन सक्छन् ।’

फरक प्रसंगमा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा हुँदा समाजवादी मोर्चालाई बेवास्ता गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us