चरी हत्यारामाथि कारबाही माग गर्दै पाण्डेको नेतृत्वमा बल्खु घेराउ

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १२:११ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– दिनेश अधिकारी ‘चरी’ हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै एमाले कार्यकर्ताले शनिबार पार्टी मुख्यालय बल्खु घेराउ rajendra pandeगरेका छन् ।
नेता राजेन्द्र पाण्डको नेतृत्वमा धादिङका एमाले कार्यकर्ताले पार्टी कार्यालय घेराउ गरेका हुन् । त्यस क्रममा पाण्डे आफैंले हत्यारामाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।

पाण्डेले यसअघि व्यवस्थापिका–संसद बैठकमा प्रहरी बर्दी लगाएर गुण्डागर्दीमा उत्रिएको भन्दै चरी हत्यामा संलग्नमाथि कारबाही नभएसम्म चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।

कार्यकर्ताको दबाबपछि महासचिव ईश्वर पोखरेलले हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने पार्टीको स्पष्ट माग रहेको बताए । पोखरेलले बल्खुबाटै टेलिफोन गरी पार्टी उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमलाई चरी हत्यारामाथि कारबाही अघि बढाउन आग्रह गरेका थिए । ‘गौतमको भनाइ उद्धृत गर्दै पोखरेलले भने, ‘हत्यारामाथि राज्यका तर्फबाट हुने अनुसन्धान र कारबाहीमा सम्झौता हुँदैन ।’

पोखरेलले डेलिगेशनका लागि समेत गौतमसँग समय मिलाइदिए । त्यसपछि कार्यकर्ताको नेतृत्व गर्दै नेता पाण्डे ललितपुरको पुलचोकस्थित मन्त्री निवास पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us