ओलीबाट ठूलो धोका पाएँ, अब कहिल्यै विश्वास गर्दिनः प्रचण्ड

काठमाण्डु टुडे २०८१ साउन १ गते २०:४१ मा प्रकाशित

काठमाण्डु, १ साउन–माओवादी केन्द्रका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले धोका दिएको भन्दै जनतामा जाने चेतावनी दिएका छन् ।

मंगलबार बसेको समाजवादी मोर्चाको बैठकमा प्रचण्डले ओलीबाट ठूलो धोका खाएकाले जनतामा जानुपर्ने बताए । काँग्रेस–एमाले गठबन्धनले नेपाली जनताको लामो बलिदानपूर्ण संघर्ष र संविधानबाट प्राप्त अधिकारी खोस्ने प्रपञ्च गरेकाले दबाबका लागि जनतामा जानुको विकल्प नरहेको उल्लेख गरे ।

अ‍ोलीले आफूलाई वाम एकताको आशा देखाएर ठूलो धोका दिएको बताए । ‘मलाई वाम एकताकोे आशा देखाएर केपी ओलीजीले ठूलो धोका दिनुभयो’, उनले भने, ‘संविधान च्यात्ने र मुलुकलाई पछि धकेल्ने चेष्टाविरुद्ध जनतामा जानुपर्छ ।’

ओलीले प्रधानमन्त्री बन्न चाहेको भए आफूले वाम गठबन्धनबाट समर्थन गर्ने बताए पनि ओलीले नमानेको जानकारी उनले दिए । आगामी दिनमा आफू कहिल्यै ओलीको भ्रमममा नपर्ने पनि उनजले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us