काठमाण्डु, १ साउन– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा जस्तो अहिले घेराबन्दीको अवस्था नरहेको दाबी गरेका छन ।
आज (मंगलबार) बालुवाटारमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीले विगतमा आफूले पार्टीभित्रकै डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको पनि दाबी गरेका छन ।
उनले भने, ‘मसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू पनि छन्, ‘मैले अप्ठाराहरूसँग जुधेको छु। कोभिड, नाकाबन्दी र पार्टी भित्रकै डरलाग्दा अप्ठाराहरूसँग जुधेको छु। आज कतै पनि त्यस्तो स्थिति छैन। त्यसप्रकारको घेराबन्दीको स्थिति छैन।’
उनले प्राकृतिक विपद भने अहिले रहेको बताए। उनले आगामी दिनमा प्राकृतिक विपद न्यूनिकरणमा ध्यान दिँदै गइने पनि बताएका छन । सरकारले सुशासन र विकासमा काम गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने पनि उनले बताएका छन्।