माधव नेपालको पार्टी कार्यलयमा भेला भए प्रचण्ड, माधव, विप्लवलगायतका नेताहरू

काठमाण्डु टुडे २०८१ साउन १ गते १७:०० मा प्रकाशित

काठमाण्डु, १ साउन– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी रहेका समाजवादी मोर्चाका एक नेताले जानकारी दिएका छन ।

प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि यो पहिलो बैठक हो । यसअघि २७ असारमा बालुवाटारमै मोर्चाको बैठक बसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us