विराटनगर, ३१ साउन- कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउनुपर्ने माग असान्दर्भिक रहेको भन्दै नयाँ
राष्ट्रपति आएपछि मात्र संसदले अनुमोदन गनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले बहालवाला राष्ट्रपति संसदबाट अनुमोदन गराउने चलन संसारमै नरहेको बताए । संसदले नयाँ राष्ट्रपति चुनेपछि मात्र अनुमोदन हुने उनको भनाइ थियो ।
‘बहालवाला राष्ट्रपतिको अनुमोदन गर्नुपर्छ भन्नु अनावश्यक कुरा हो’, देउवाले भने, ‘नयाँ राष्ट्रपति चुनिएपछि मात्र संसदले अनुमोदन गरिन्छ ।’ देउवाले संविधान जारी नभएसम्म सरकार परिवर्तन हुन नहुने बताए ।
सरकार परिवर्तनको खेलले फेरि संविधान नबन्ने भन्दै उनले सरकार परिवर्तनको खेलमा नलाग्न आग्रह गरे ।