काठमाण्डु, १ साउन– बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना-७ ख-६०७६ नम्बरको बस आज बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन ।
घाइते भएका मध्य तीन जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बस चालक र सहचालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले जानकारी दिएको छ ।