पर्वत, ३१ साउन- सौतेनी आमाले घरबाट निकालेपछि बेवारिसे बनेकी एक युवती बलात्कृत भएकी छन् ।
घरबाट निकालिएकी धादिङ धार्केकी १७ वर्षीया युवती पर्वतको मल्लाज माझफाँटस्थित एक होटलमा बलात्करको शिकार भएकी हुन् ।
उनी माझफाँट गाविस–३ बारीवेनीस्थित शान्ति होटलमा काम गर्ने क्रममा पटकपटक बलात्कृत भएकी थिइन् । प्रहरीले होटलमै काम गर्ने युवाहरुबाट युवती कलात्कृत भएको जनाएको छ ।
पीडित युवतीलाई उनकी सौतेनी आमाले गत साउन ९ गते काठमाण्डुबाट बेनीका लागि छुटेको रात्रीबसमा चढाइदिएकी थिइन् बालिका बलात्कृत भएकोबारे स्थानीयले खबर गरेपछि प्रहरीले उनलाई होटलबाट उद्धार गरेको छ ।
यसैबीच पीडितले घरबाट निकाल्ने सौतेनी आमा र बलात्कारमा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी दिएकी छन् ।
यसैबीच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले म्याग्दीको सिंगा घर भएकी होटल सञ्चालिका कमला भण्डारी, राखु भगवती–९ का गणेश भण्डारी, सोही गाविसका सुजन भण्डारी र भारतीय नागरिक अनिल शर्मालाई पक्राउ गरेको छ ।
पर्वतका प्रहरीका नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले पीडित पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको बताए ।