मन्त्रिपरिषदको पहिलो निर्णयः विपदमा बेपत्ताका परिवारलाई राहत

काठमाण्डु टुडे २०८१ असार ३१ गते १९:२८ मा प्रकाशित

काठमाण्डु, ३१ असार– केपी ओली नेतृत्वमा नवगठित सरकारको पहिलो मन्त्रिपरिषद बैठकले बाढी, पहिरो जस्ता विपदमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसको मन्त्रिपरिषद बैठकले सो निर्णय गेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले विपतमा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिहरूलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

यसअघि पदभार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई आगामी ३ सय दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us