राजदूत नियुक्ति अर्को मन्त्रिपरिषदबाट: पण्डित

काठमाण्डु टुडे २०७१ साउन ३१ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी मन्त्रिपरिषद बैठकले रिक्त मुलुकमा राजदूत नियुक्ति गर्ने बताएका छन् lal babu pandit
रिपोर्टर्स क्लबमा शनिवार आयोजित कार्यक्रममा मन्त्री पण्डितले गृहकार्य अघि बढिरहेकाले आगामी बैठकले राजदूत नियुक्ति सम्बन्धमा ठोस निर्णय लिने दाबी गरेका हुन् ।

अघिल्लो मन्त्रिपरिषद् बैठकमै राजदूत नियुक्ति सम्बन्धमा छलफल भएकाले आगामी बैठकले निर्णय गर्ने उनको भनाइ थियो । उनले सत्तारुढ काँग्रेस र एमालेबीच नियुक्तिमा भागबण्डा मिलिसकेको पनि बताए ।
उनले संविधान निर्माण नभएसम्म सरकारको विकल्प खोज्न नहुने भन्दै सरकारको विकल्प खोज्न थाले संविधान नबन्ने ठोकुवा गरे । ‘अहिले संविधान निर्माण नहुन्जेलसम्म यो सरकारको विकल्प छैन’, पण्डितले भने, ‘सरकारको विकल्प खोज्ने ताकतसमेत प्रतिपक्षसँग छैन ।’

उनले बाढीपहिरो पीडितलाई राज्यको ढुकुटीको क्षमता अनुसार सहयोग पुर्‍याइरहेको दाबी गर्दै ठूलो क्षति भएकाले हात्तिको मुखमा जिराजस्तो देखिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us