फेरि पनि विष्णु रिमाल नै ओलीका प्रमुख सल्लाहकार !

काठमाण्डु टुडे २०८१ असार ३१ गते १९:२३ मा प्रकाशित

काठमाण्डु, ३१ असार– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले उपमहासचिव विष्णु रिमाललाई यसपटक पनि प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिने भएका छन् ।

बालकोट उच्च श्रोतका अनुसार ओलीले रिमाललाई नै उक्त जिम्मेवारी दिने तयारी गरेका छन् । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उनको प्रमुख राजनीतिक सल्लाहकार थिए ।

हक्की र आफूलाई लागेको विषयमा सिधै बोल्ने बानीका कारण रिमाललाई पार्टीभित्रका समेत धेरैले आलोचना गर्ने गरेका छन् ।

रिमालमा भएको प्रशासनिक र व्यवस्थापकीय भूमिकाका कारण ओलीले हरेकपटक प्रधानमन्त्री हुँदा उनलाई जिम्मेवारी दिँदै आएका छन् ।

औपचारिक नियुक्ति नभए पनि ओली प्रधानमन्त्री भएलगत्तै रिमालको सक्रियता बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us