काठमाण्डु, ३१ असार– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको पहिलो बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक जारी छ ।
श्रोतका अनुसार नियमित र देशभर वर्षातसँगै गएका बाढीपहिरोको जोखिम न्यूनीकरण, राहत तथा उद्धारका विषयमा बैठकले केही निर्णय गर्ने सम्भावना छ ।
आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।
उनले सोमबारै काँग्रेसका १०, आफ्नो एमालेका ८ र मधेसवादी दलका ३ गरी २१ मन्त्री नियुक्त गरे । मन्त्रीहरुको सपथ र पदबहालीपछि मन्त्रिपरिषद बैठक बोलाइएको हो ।