ओली सरकार डबल इन्जिनको सरकार हो, झक्कासले चल्छः मन्‍त्री यादव

काठमाण्डु टुडे २०८१ असार ३१ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, ३१ असार– नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन् ।

सोमबार पदभार ग्रहण गरेपछि उनले वर्तमान सरकार प्रधानमन्त्री केपी ओली नेतृत्वको भएकाले लामो समय चल्ने दाबी गरेका हुन् ।

अहिलेको सरकार डबल इन्जिनको सरकार भएको पनि उनले बताए । ‘यो सरकार लामो चल्छ । किनकी यो केपी ओलीको सरकार हो । डबल इन्जिनको सरकार छ । यो इन्जिन एकदम झक्कासले चल्छ’, उनले भने, ‘हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ । यो सरकार आफ्नो अवधिसम्म चल्छ । डबल इन्जिनको सरकारलाई सफल बनाऔँ ।’

उनले सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us