
नवनियुक्त गृहमन्त्री लेखक
काठमाडौँ, ३१ असार ः नवनियुक्त गृहमन्त्री रमेश लेखक सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपश्चात् सोही मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै । तस्बिर ः विमलबहादुर बिष्ट÷रासस
काठमाण्डु, ३१ असार–नवनयिुक्त गृहमन्त्री रमेश लेखकले नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुई बस त्रिशूलीमा बगाउँदा बेपत्ता घटना अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेका छन् ।
लेखकले सोमबार पदबहाली ग्रहण गर्दै सिमलताल घटना अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन् ।
गृह मन्त्रालयका सह–सचिव छवि रिजालको नेतृत्वमा गठिन ६ सदस्यीय कार्यदलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि सदस्य छन् ।
कार्यदललाई घटना अध्ययन गरी प्रतिवेदन बुझाउन १० दिनको समयसीमा तोकिएको छ । शुक्रबार दुईवटा बस त्रिशूलीमा बगाउँदा करिब ६ दर्जन यात्रु बेपत्ता छन् । हालसम्म ५ जनाको शव भेटिएको छ ।
मन्त्री लेखकले घटनाको कारण पत्ता लगाउने र त्यस्ता घटना दोहोरिन नदिने उपाय खोजी गर्नुका साथै पीडितका परिवारलाई राहत उपलब्ध गराउने विषय समेटेर प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएका छन् ।
उनले प्राकृतिक प्रकोपका कारणले जनधनको क्षति भएकाले त्यसलाई उचित सम्बोधन गर्नु सरकारको प्राथमिकता भएको उल्लेख गरे ।
गृहमन्त्री लेखकले नेपाल प्रहरीको चौथो ‘क्राइम एक्सन प्लान’ समेत स्वीकृत गरेका छन् ।