ओलीपछिको वरियतामा प्रकाशमान, आरजु देउवा ८औं नम्बरमा

काठमाण्डु टुडे २०८१ असार ३१ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, ३१ असार– एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा दोश्रो वरियतामा काँग्रेस नेता प्रकाशमान सिंह रहने भएका छन् ।

मन्त्रिपरिषदको मर्यादाक्रममा प्रधानमन्त्री ओलीपछि सिंह छन् । उनले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमाले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका एमाले उपाध्यक्ष विष्णु पौडेल तेश्रो, सञ्चारमन्त्री पुथ्वीसुब्बा गुरुङ चौथो, गृहमन्त्री रमेश लेखक पाचौं, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी सातौं र परराष्ट्रमन्त्री आरजु राणा देउवा आठौं वरियतामा छन् ।

आइतबार साँझ प्रधानमन्त्री नियुक्त ओलीले सोमबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिए । लगत्तै उनले काँग्रेसका १०, आफ्नो दल एमालेका ८ र मधेसवादी दलका ४ गरी २२ सदस्यीय मन्त्रिपरिषदगठन गरे । ओलीपछि राष्ट्रपति पौडेलले मन्त्रीहरुको सपथ गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us