काठमाण्डु, ३१ असार– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
सोमबार शीतलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएसँगै ओलीले प्रमुख सत्ताघटक काँग्रेसका १०, आफ्नो दल एमालेका ८ र मधेसवादी दलबाट ४ मन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति राचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६ (२) अनुसार आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए । ओलीपछि नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति पौडेललेसपथ खुवाए ।
यस्तो छ ओली सरकारका मन्त्रीहरुको कार्यविभाजन
१. केपी ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७.आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
९.बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानून न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, ऊर्जा, जलस्रोत तथा सिंचाई
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य प्रशासन
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण