काठमाण्डु, ३१ असार–निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई कुर्सी हस्तान्तरण गरेका छन् ।
ओलीले सोमबार शीतलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएपछि ओलीलाई प्रचण्डले कुर्सी हस्तान्तरण गरेका हुन् ।
शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएपछि प्रचण्ड पदमुक्त भएका थिए ।