शेखर–गगन समूहले मन्त्रीमा सिफारिस गरेका चार जना को–को हुन् ?

काठमाण्डु टुडे २०८१ असार ३१ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, ३१ असार– कांग्रेसको शेखर–गगन समूहले चार मन्त्रालय पाएको छ ।

उक्त समूहले चार जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवा समक्ष सिफारिस गरेको छ ।

उक्त समूहबाट प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि सिफारिस गरेको हो । पौडेल स्वास्थ्य, पाण्डे पर्यटन, चौधरी युवा तथा खेलकुद र अधिकारी कृषि मन्त्री बन्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us